ऊर्जा बचत र ऋण
संस्थाले विद्युतको प्रयोगबाट व्यवसाय प्रवद्र्धनको लागि श्रोतको व्यवस्था गर्न प्रत्येक उपभोक्ता, शेयर सदस्यबाट न्यूनतम मासिक रु.१००।– वचत गर्ने व्यवस्था गरिएको छ जसलाई ऊर्जा वचत भनिएको छ । यो वचत कार्यक्रमबाट ऊर्जामा आधारित व्यवसाय सञ्चालन गर्न शेयर सदस्यहरुलाई कर्जाको व्यवस्था र संकटको समयमा आफूले गरेको बचतबाट ऋण तथा महशुल भुक्तानी समेत गर्न सकिनेछ ।