सहकारी संस्थाको कार्यक्षेत्र भारदेउमा नर्वेजियन मन्त्रीको टोलीद्वारा अवलोकन भ्रमण
यस दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि.को कार्यक्षेत्र कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ भारदेउमा विदेशी मामला मन्त्रालय, नर्वे (Ministry of Foreign Affairs, Norway) बाट नर्वेजियन मन्त्री Ms. Bjorg Sandkjaer को टोलीले मिति २०७९ जेठ २७ गते कार्यक्षेत्रमा भएका गतिविधिहरुको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाल सरकारको निमन्त्रणमा औपचारिक नेपाल भ्रमणमा आउनुभएका नर्वेजियन टोलीमा विदेशी मामला मन्त्रालय, नर्वे (Ministry of Foreign Affairs, Norway) बाट State Secretary (Deputy Minister)- Ms. Bjorg Sandkjaer, Senior Adviser- Anne Glad Fredriksen र Gunnhild Eriksen, नर्वेजियन दूतावास, काठमाण्डौं (Norwegian Embassy, Kathmandu) बाट Ms. Torun Dramdal- Ambassador (राजदूुत), Mr. Jan Erik Studsrod- Counsellor र Mr. Sarad Karmachrya- Energy Advisor रहनु भएको थियो । स्थानीय सरकारको तर्फबाट कोन्ज्योसोम गाउँपालिका अध्यक्ष श्री कृष्णमान लामाले अतिथिहरुलाई स्वागत गर्दै आफ्नो गाउँपालिकामा भ्रमण गर्नुभएकोमा धन्यवाद प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा ABD बाट Mr. Pushkar Manandhar- Senior project Officer (Energy), Ms. Lachana Shresthachrya- TA coordinator/GESI Specialist र Ms. Bijaya Koirala- Operation Assistant, NEA af6 Tara Pradhan-DMD, ग्रामीण प्रविधि केन्द (CRT/N) बाट Mr. Niraj Shrestha- Deputy Director, Mr. Rajendra Ghimire- Project Development Officer, Ms. Ashma Pakhrin- MEAL Expert, नेपाल इनर्जी फाउण्डेशन (NEF) बाट Mr. Sagar Dharel -Program Officer को उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा कोन्ज्योसोमा गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष श्री विजय स्याङ्तान तथा यस संस्थाको पदाधिकारी, लेखा समिति संयोजक, सञ्चालक सदस्य, संस्थाको कर्मचारी, स्थानीय महिला उद्यमी र अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो ।

उक्त टोलीलाई यस विद्युत सहकारी संस्था लि.को तर्फबाट संस्थाको अध्यक्ष श्री गोविन्द प्रसाद बजगाईंले स्वागत गर्नु भएको थियो । स्वागत पश्चात उक्त कार्यक्रममा अध्यक्ष बजगाईंले यस विद्युत सहकारी संस्था लि. नेपालको पहिलो सामुदायिक विद्युत सहकारीको रुपमा स्थापना भएको यस ग्रामीण क्षेत्रमा विद्युतीकरण विस्तार, विद्युत सेवा सञ्चालन, विद्युतको माध्यमबाट समुदायको सामाजिक आर्थिक विकासको काममा सक्रिय रहेको जानकारी गराउनुभयो । साथै उहाँले संस्थाको कार्यक्षेत्रमा विद्युतीकरण पश्चात आर्थिक तथा सामाजिक विकासमा आएको परिवर्तन, विद्युतमार्फत प्रवद्र्धन भएका उद्यमहरु तथा विद्युत र उद्यम व्यवसाय सञ्चालनमा महिलाको पहुँच विस्तार, विद्युतको परिप्रयोग र विद्युत महसुल संकलन, रिडिङ विलिङको महसुल भुक्तानी सेवामा प्रविधिको प्रयोगक भइरहेको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । सामुदायिक विद्युतीकरण कार्यक्रमबाट करिव ५ लाख ५० हजारभन्दा बढी ग्रामीण भेगका अत्ति विपन्न परिवारमा विद्युतको पहुँच विस्तार भएको र यसको व्यवस्थापन पनि सामुदायिक संस्था/सहकारी एवं उपभोक्ता संस्था) मार्फत हुँदै आएको जानकारी गराउनु भयो ।
कार्यक्रममा विद्युतीकरणको क्रममा आइपरेका समस्या तथा चुनौतीहरुको बारेमा पनि केही कुुराहरु राख्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित हुनुभएका नर्वेजियन मन्त्रीका टोलीलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रममा भ्रमण टोलीका तर्फबाट मन्त्री Bjorg ले यस सहकारीको कार्यक्षेत्रमा थोरै समय भए पनि अवलोकन गर्न अवसर पाएकोमा र संस्थाले उहाँको टोली प्रति गर्नुभएको माया र सदुभावप्रति खुशी भएको कुरा राख्नु भएको थियो । यस संस्थाले ग्रामीण समुदायमा सामुदायिक विद्युतीकरणमार्फत समुदायको आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा पुर्याएको योगदान देखेर खुशी भएको कुरा समेत राख्नुभएको थियो । ग्रामीण क्षेत्रमा यस्तो सामुदायिक मोडलमार्फत ग्रामीण विद्युतीकरणको कामप्रति धेरै खुशी लागेको बताउनु भयो ।
उक्त अवलोकन भ्रमणमा ADB अन्र्तगतको TA9334NEP कार्यक्रमको सहयोगबाट प्रवद्धित महिला उद्यमी श्री सानुमाया श्रेष्ठद्वारा सञ्चालन गरिएको तेल मिल र पशुपालन व्यवसाय अवलोकन गर्नु भएको थियो । साथै महिला समूहद्वारा सञ्चालन गरिएको पिठो तथा मसला मिल, परम्परागत चुलोदखि विद्युतीय चुलोको अवलोकन र महिला दिदी बहिनीहरुसँग अन्तरक्रिया समेत गर्नुभयो ।