सहकारी गतिविधी
दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लि. का गतिविधिहरू
यस दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थालि.को २० औं वार्षिक साधारण सभामिति २०७८ पौष २ गते माननीयऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रीपम्फा भुसालको प्रमुखआतिथ्यतामाउद्घाटन भयो । साथै उद्घाटन कार्यक्रममाप्रतिनिधि सभा सदस्यमाननीयनवराजसिलवाल, बागमतीप्रदेश सभा सदस्यमाननीयलालकुमारी पुन, बागमतीप्रदेश सभा सदस्यमाननीय चेतनाथ सञ्जेल, नेकपामाओवादी केन्द्रीय सदस्यश्री हरि दहाल, नेपालीकाँग्रेस बागमतीप्रदेश समिति सह महामन्त्रीश्री ऋषिराम घिमिर, कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष श्री मिङ्मालामा, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ–नेपालको अध्यक्षश्री नारायण प्रसाद ज्ञवाली, संस्थाको संस्थापकअध्यक्षश्री डिल्ली घिमिरे, पूर्वाध्यक्षश्री गोपोल सञ्जेल, ने.वि.प्रा. लगनखेल वितरण केन्द्र प्रमुखश्री शिवरामयादव, ने.वि.प्रा.लगनखेल वितरण केन्द्रकाइन्जीनियर श्री बद्रीप्याकुरेल, ने.वि.प्रा. सोलार, इनर्जी ग्रिड इफिसेन्सी आयोजनाप्रमुखश्री संगीताकार्की, ग्रामीण प्रविधि केन्द्रबाट कार्यकारी प्रमुखश्री पुरुषोत्तमश्रेष्ठ तथादियालो टेक्नोलोजीप्रा.लि.काकार्यकारी प्रमुखश्री पि.आर. खनाललगायतको उपस्थिति रहेको थियो । उक्तउद्घाटन कार्यक्रममामाननीय मन्त्रीज्यूबाट यस सहकारी संस्थाले निर्माण गरेको क्यगतज ीबष्तिउगचमोवाइल एप्स सोहीदिनशुभारम्भ गर्नुभयो । गर्नभएको थियो । साथै यस सहकारी संस्थाको पहलमा सामाजिकविषयअन्र्तगतआधारभूततह (कक्षा १ देखि ५)मा नेपालकै पहिलो नविकरणीय ऊर्जामाआधारित स्थानीय पाठ्यक्रमतथा पाठ्यपुस्तकतयारीमाविषय विज्ञको रुपमा महत्वपूर्ण भूमिकानिर्वाह गर्नुभएकाव्यक्तित्वहरुलाई सम्मानपत्रप्रदानगरिएको थियो । यसै गरी यस सहकारी संस्थालि.द्वारा लैङ्गिक समानतातथा सामाजिक समावेशीकरणका लागिऊर्जा क्षेत्रको क्षमता अभिवृद्धि परियोजनाअन्र्तगतउद्यमशिलताविकास तथाव्यवसायव्यवस्थापनतालिममा सहभागीहुनुभएका ६४ जनामहिलाउद्यमीहरु र तालिमप्राप्तमहिला सहभागीमध्ये उत्कृष्ट व्यवसाय सञ्चालन गरिरहनुभएका महिला उद्यमीलाई प्रमाण पत्र तथा प्रशंसा पत्रवितरण गरिएको थियो ।
साधारणसभाको उद्घाटन लगत्तै २०७८ पौष ४ गतेदेखि पौष २३ गतेसम्मकार्यक्षेत्रभित्रकाप्रत्येक वडा छुट्टा छुट्टै दिन संस्थाबाट शेयर सदस्यतालिनबाँकीग्राहकहरुलाई शेयर सदस्यवितरण , शेयर नामसारी, मिटर नामसारी, ठाउँसारी, पावर थपघट, मिटर पुर्नजडान, ऊर्जा वचतमा सहभागी, महसुलएवं ऋणको किस्ताव्याजभुक्तानी, साथै मोवाइल एप्स, अनलाईन पेमेन्ट भुक्तानी सम्बन्धिजानकारी, विद्युतको परिप्रयोग एवम् विद्युतीय सुरक्षा सम्बन्धीजानकारी दिने जस्ता घुम्तीसेवा सहितमिति २०७८ पौष २३ गते महाङ्कालगाउँपालिका वडा नं. ३ गोटिखेलमा समापनगरियो ।यस २० औं वार्षिक साधारण सभामा संस्थाका४८४४ शेयर सदस्यमध्ये ३०४६जना शेयर सदस्यहरुको उपस्थििति रहेको थियो ।
- दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लि. प्रविधिमैत्री बन्दै
संस्थाको कारोबार समय सापेक्ष प्रविधिमैत्री छ । इलेक्ट्रिकमार्क वेब बेसमा आधारित सफ्टवेयर र मिटर रिडिङ बिलिङलाई मिटर मार्क मोबाइल एप्स मार्फत विद्युत् सेवालाई प्रभावकारी बनाइएको छ ।२०७७श्रावण १ गतेबाट मिटर रिडिङ र बिलिङको दियालो टेक्नोलोजी प्रा.लि.मार्फत तयार पारिएको वेब बेस सफ्टवेयर र मिटर मार्क नामक मोबाइल एप्स मार्फत संस्थाको आर्थिक कारोबार सञ्चालन गरिएको छ । यसबाट संस्थाबाट हुँदै गरेको हस्तलिखित रिडिङ बिलिङको कार्यलाई डिजिटलमा आधारित रिडिङ र बिलिङ मोबाइल मार्फत थर्मल प्रिन्टेड मेसिन मार्फत ग्राहकलाई प्रिन्टिङ बिल उपलब्ध गराइने छ । उपभोक्ताले विद्युत् महसुल भुक्तानीका लागि eSewa सँग सम्झौता गरी अनलाइन भुक्तानीहुने गरी संस्थालाई प्रविधिमैत्री बनाउने कार्य प्रारम्भ गरियो ।
- विद्यालय शिक्षामा नविकरणीय ऊर्जा प्रवद्र्धन
सामाजिक शिक्षा विषयअन्र्तगत २०% पाठ्यांश पूरा गर्न तयार पारिएको नविकरणीय ऊर्जासम्बन्धी आधारभूत तह (१–५) को स्थानीय पाठ्यक्रम २०७५ लाई परिमार्जनसहित तयार पारी महाङ्काल गाउँपालिकालाई हस्तान्तरण गरियो । उक्त पाठ्यक्रममा आधारित भई कक्षा (१ – ५) को पाठ्यपुस्तक तयार पारी महाङ्काल गाउँपालिकाका आधारभूत विद्यालयहरूमा वितरण गरियो । पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्न ग्रामीण प्रविधि केन्द्र (CRT/N), सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल (NACEUN) र महाङ्काल गाउँपालिकाको समेत सहयोग रहेको थियो । उक्त पाठ्यक्रम तथा पाठ्यपुस्तक महाङ्काल गाउँपालिकाअन्र्तगतका आधारभूत तह कक्षा (१–५) मा पठनपाठन गर्ने व्यवस्था गरिएको छ । उक्त पाठ्यक्रम तथा पाठ्यपुस्तक संस्थाका अध्यक्षश्री गोविन्दप्रसाद बजगाईँले महाङ्काल गाउँपालिकाका अध्यक्ष श्री रामचन्द्र दहाललाई २०७७ साल श्रावण २५ गतेका हस्तान्तरण गर्नुभयो ।
- व्यवसाय प्रवद्र्धन र कर्जाको लागि ऊर्जा बचत
वि.सं. २०७७ भाद्र २ गते यस दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लि.को कार्यक्षेत्रमा संस्था मार्फत विद्युत् वितरण तथा ग्राहक सेवा सुरु गरेको १६ वर्ष पूरा भएको अवसरमा कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शंखुको भकारीडाँडामा ट्रन्सफरमर चार्ज गरियो । सोही दिनदेखि सम्पूर्ण ग्राहक सदस्यहरूलाई अनिवार्य सेयर सदस्य साथै सेयर सदस्यलाई ऊर्जा बचत कार्यक्रममा मासिक न्यूनतम रु.१००।– बचत गराउने गरी ऊर्जा बचत अभियानको प्रारम्भ गरियो । यस कार्यक्रमलाई भर्चुअल माध्यमबाटसञ्चालन गरिएको थियो । यस कार्यक्रममा ऊर्जा बचत अभियानको उद्घाटन कोन्ज्योसोमगाउँपालिका अध्यक्ष श्री गोपीलाल सिंतानबाट गरियो भने ट्रान्सफरमरमा बिजुली बालेर चार्ज गर्ने कार्यको प्रारम्भ कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष श्री मिङ्मा लामाले गर्नुभएको थियो ।
- यस दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लि.को १९ औँ वार्षिक साधारण सभा २०७७ साल पुस ५ गतेबाट संस्थाको कार्यक्षेत्र गाउँबस्तीहरूबाट एकै दिन महाङ्काल गाउँपालिकाका वडा नं. ६ ठुलादुर्लुङ र गोदावरी नगरपालिका वडा नं. ७ देवीचौरबाट एकै पटक प्रारम्भ गरियो ।महाङ्काल, कोन्ज्योसोम र बागमती गाउँपालिकाका प्रत्येक वडामा सेयर सदस्यहरूको भेला गरियो । उक्त कार्यक्रम पुस १७ गते महाङ्काल गाउँपालिका वडा नं. १ बुखेल उन्युचौरमासमापन भएको थियो ।१९ औँ वार्षिक साधारण सभाको समापन कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता बागमती प्रदेश सभा सदस्य सुशिला पुनले गर्नु भएको थियो ।
- दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लि. अन्र्तगतका उपभोक्ता तथा सेयर सदस्यहरूमा विद्युतीय सुरक्षा एवम् दक्षता प्रयोगसम्बन्धी सचेतना कार्यक्रम २०७७ साल फागुन ११ गते कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ भारदेउबाटगाउँपालिका प्रमुख श्री गोपीलाल सिंतानको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका साथ प्रारम्भ गरियो । सो विद्युत् सुरक्षा तथा सचेतना अभियान २०७७ फागुन १३ गते देवीचौर, घुसेल र नल्लुमा गरियो । २०७७ फागुन १४ गते संस्थाको कार्यक्षेत्रअन्तर्गतका चौघरेको सिनभञ्ज्याङ् र बाघभैरव, शंखु, उन्युचौर, बुुखेल, मानिखेल, गोटिखेल, चन्दनपुर बजार, बतासे, चौतारीडाँडा, नमनडाँडा, फेदी, ठुलादुर्लुङ, कपिराङ, गिम्दीबेँसी, आश्राङबेँसी, चैनपुर, खैरेनी, इकुडोल, चिलालगायतका स्थानहरूमा २५०० भन्दा बढी व्यक्तिहरूको सहभागिता थियो । विद्युतीय सचेतना अभियानमा जनपरिचालनको अभ्यासनवीनतम र उपलब्धीमूलक रह्यो । यस कार्यक्रममा काठमाडौँ युनिभर्सिटिकोइनर्जी फाउन्डसेनले सहयोग गरेको थियो । कार्यक्रममा दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लि. का संस्थापक अध्यक्ष श्री डिल्लीप्रसाद घिमिरे एवम् ने.वि.प्रा.का पूर्व उपकार्यकारी निर्देशक चिरन्जीवी पौडेललगायतका महानुभावहरूको सहभागिता रहेको थियो ।
- यस संस्थाले महिला उद्यमशिलता एवम् शसक्तीकरणका लागि ग्रामीण प्रविधि केन्द्र, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल (NACEUN), प्राक्टिकल एक्सनमार्फत इनर्जीय हिभोसको सहयोगमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ऊर्जा क्षेत्रको दक्षता अभिवृद्धि कार्यक्रम मार्फत विभिन्न स्थानमा सिप विकास तालिमहरू सञ्चालन गरी संस्थाका ९० भन्दा बढी उद्यमी महिलाहरूको सहभागितामा सम्पन्न गरियो ।
- २०७७साल फागुन ८ र ९ गते कोन्ज्योसोम गाउँपालिकाअन्तर्गत भारदेउमा कोन्ज्योसोम गाउँपालिका र महाङ्काल गाउँपालिकाका महिला जनप्रतिनिधि तथा संस्थाका सञ्चालक सदस्यहरूको सहभागितामा लैङ्गिक समानतामा सामाजिक समावेशीकरणसँग सम्बन्धित कार्यशालासम्पन्न गरियो । ग्रामीण प्रविधि केन्द्रबाट यस कार्यशालाकोसञ्चालन, सहयोग एवम् सहजीकरण गरिएको थियो ।