ग्रामीण विद्युतीकरणमा महिला सशक्तिकरण

ग्रामीण विद्युतीकरणमा महिला सशक्तीकरण
ग्रामीणसमुदायको सहभागिता, समुदायकै नेतृत्व र व्यवस्थापनमा सञ्चालन गरिएको विद्युतीकरण कार्यक्रमलाई सामुदायिक ग्रामीण विद्युतीकरण भनिन्छ । समुदायको सहभागिता भन्ने बित्तिकै यहाँ महिला, पुरुषको बराबरी भूमिकाको कुरा आउँछ । त्यसैले सामुदायिक ग्रामीण विद्युतीकरणमा महिलाको सहभागिता वढाउन महिला नेतृत्वको विकास त्यत्तिकै महत्वपूर्ण रहन्छ । महिलाको नेतृत्व विकास त्यतिखेर सम्भव रहन्छ जब महिलाहरूमा सामुदायिक विद्युत्बारे चेतनाको विकास, आर्थिक सबलीकरण वा महिलाको हातमा पनि आर्थिक नेतृत्वको भूमिका रहन्छ । त्यसैले यस संस्थाले महिला सशक्तीकरण र नेतृत्व विकासका लागि महिला उद्यमशिलता विकासमा जोड दिँदै विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्यसमेत गरेको छ । संस्थाले महिलाहरूलाई उद्यमशिल तथा व्यावसायी बनाउन उद्यमशिल र सिप विकास तालिम तथा उद्यम व्यवसाय सञ्चालनमा प्रोत्साहित गर्ने काम गर्दै आएको छ । यसकार्यक्रमलाई संस्थाले निरन्तरता दिनेछ ।