ग्रामीण विद्युतीकरण

१. विद्युतीकरण कार्यक्रम
दक्षिण ललितपुरमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत्को पहुँच पुयाउन समुदायको अगुवाइमा २०५४ साल असोज ७ गते दक्षिण ललितपुर विद्युतीकरण अभियान समिति गठन गरियो । विद्युतीकरण अभियानले आ.व.२०५५ /०५६ बाट लागत साझेदारीमा विद्युतीकरण कार्य गर्ने भएपछि स्रोत व्यवस्थापनसँगसँगै कार्यान्वयन प्रक्रिया कसले गर्ने भन्ने प्रमुख विषय रह्यो । यस अवस्थामा विद्युतीकरणको जनसहभागिता कार्यक्रम कहाँबाट गर्ने गराउने अन्योल भइरहेको अवस्थामा अभियान समितिको पहलबाट विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न २०५५ साल पुस १० गते तत्कालीन जिल्ला विकास समिति ललितपुर र ने.वि.प्रा. बागमती अञ्चल पूर्व क्षेत्रीय कार्यालय ललितपुरबिच सहमति भई आ.व. २०५५/०५६ बाट ५० प्रतिशत रकम समुदायको तर्फबाट तत्कालीन जि.वि.स.तथा गा.वि.स.बाट सङ्कलन गरी बाँकी ५० प्रतिशत साझेदारी कार्यक्रममा सरकारबाट प्राप्त रकमको काम टेन्डरमार्फत ने.वि.प्रा.बाट प्रारम्भ भयो । बागमती अञ्चल पूर्व क्षेत्रीय कार्यालय (पछि ने.वि.प्रा. लगनखेल वितरण केन्द्र)ललितपुरबाट आ.व. ०५९/०६० सम्म सङ्कलित Matching Found  को रकमलाई टेन्डर गराई विद्युत् संरचना निर्माण गराउने काममा महत्वपूर्ण भूमिका रह्यो । दक्षिण ललितपुरका तत्कालीन १९ ओटा गा.वि.स.हरूका केन्द्रसम्म ११ के.भि. लाइन निर्माण तथा प्रत्येक गा.वि.स.मा एउटा ट्रान्सफरमर जडान गर्ने कार्य भयो ।
आ.व. २०६०/०६१ मा सामुदायिक ग्रामीण विद्युतीकरणको अभियानले नयाँ फड्को मारेको हुँदा यसको कार्यान्वयन ने.वि.प्रा. सामुदायिक ग्रामीण विद्युतीकरण विभागबाट हुने व्यवस्था भयो । यसका लागि २०% समुदायको लगानी र ८०% सरकारको लगानीमा सामुदायिक ग्रामीण विद्युतीकरण कोषमा जम्मा भएको रकम टेन्डर प्रक्रियाबाट काम सुरू भयो । आ.व. २०६८/०६९ देखि यस कार्यक्रमले १०/९० प्रतिशतको जनसहभागिताको आधारमा कार्य गर्दै आएको छ । अहिले समुदायबाट लागत इस्टिमेटको १० प्रतिशत रकम मात्र लगानी गरे पुग्ने भएको छ ।

२. विद्युतीकरण कार्यक्रम र उपलब्धिहरू
दक्षिण ललितपुरको विद्युतीकरण कार्य विभिन्न प्रकारका कार्यक्रमहरूका माध्यमबाट भएको छ । यस क्षेत्रमा समुदायको ५० प्रतिशत र सरकारको ५० प्रतिशत लागत साझेदारीकार्यक्रमबाट कार्य प्रारम्भ भएको हो । विगतमा समुदायबाट २० प्रतिशत र सरकारको ८० प्रतिशत तथा अहिले समुदायको १० प्रतिशतर सरकारको ९० प्रतिशतको लगानीमा ने.वि.प्रा. सामुदायिक ग्रामीण विद्युतीकरण विभागबाट कार्यक्रम(CRED)सञ्चालित छ । USAID सहयोगमा REGDAN कार्यव्रक्रम र ने.वि.प्रा.ग्रामीण विद्युतीकरण कार्यक्रम (CRED), भूकम्पबाट भएको क्षति पुनर्निर्माणका लागि सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घमार्फत सहयोग प्राप्त SREP कार्यव्रक्रमबाट पनि पुनर्निर्माणको कार्य गरियो । यस संस्थाले ने.वि.प्रा.बाट भौतिक सामान, खानीखोला हाइड्रोपावरबाट निर्माणमा ज्याला तथा संस्थाको सहभागितामा टिकाभैरवदेखि तीनपानेसम्म तारको स्तरोन्नति एवम् एच.टी.लाइन निर्माण गरी घुसेलदेखि माल्टाको लाइन जोड्ने काम गरियो । गाउँपालिकाबाट वितरण लाइन बिस्तारमा आवश्यकताअनुसार बजेट व्यवस्था गरी उपभोक्ता समितिमार्फत लाइन विस्तार गरिएको छ ।
विभिन्न समय र कार्यक्रमको लागत र भौतिक उपलब्धी यस प्रकार रहेको छ:–

क्र.सं. कार्यक्रम अवधि    आ.व.मा लागत रकम रु.  भौतिक उपलब्धि  कार्यान्वयन कैफियत
जनसहभागिता ५० \ ५० कार्यक्रम (CREDS) २०५५\ ०५६- २०५९/ ०६० ४,५४,००,५०० –१९ थान ट्रान्सर्फमर जडान
–८५ कि.मि. एच.टी. लाइन विस्तार
NEA, DCS
जनसहभागिता २०/८० कार्यक्रम (CREDS) २०६० /०६१
२०६६/ ०६७
२,०८,२२,२२४- –एच.टी. लाइन १२.५ कि.मि.
–एल.टी. लाइन ५८.६५ कि.मि.
–ट्रान्सफरमर १२ थान
NEA, CRED
जनसहभागिता २०/८० कार्यक्रम (CREDS) २०६६/ ०६८ १,९७,७३,४६५।४८ –एल.टी. लाइन ४७.४२ कि.मि NEA, CRED
जनसहभागिता १०/९० कार्यक्रम (CREDS) २०६८/ ०६९ हालसम्म ४,४६,९७,७८५।२० –एच.टी. लाइन ९.०५४ कि.मि.
–एल.टी. लाइन ८४.३५६कि.मि.
–ट्रान्सफरमर- ६ वटा
NEA, CRED
REGDAN कार्यव्रक्रम  

२०६२/ ०६३

–एच.टी. लाइन ०.६५ कि.मि.
–एल.टी. लाइन २४.९५ कि.मि.
–ट्रान्सफरमर ४ थान
SLREC
DREP कार्यव्रक्रम २०६३/ ०६५ –एच.टी. लाइन ४८.५५ कि.मि.
–एल.टी. लाइन १३३ कि.मि.
–ट्रान्सफरमर ३७ थान
NEA, DREP
DREP कार्यव्रक्रम २०७२/ ०७३

०७३/०७४

५७,१५,४६७।८३ भुकम्पले क्षति भएको विद्युत् पोल तार प्रतिस्थापन NACEUN, SLREC
लाइन सुदृढीकरण तथा स्तरोन्नति कार्यव्रक्रम ०७३/०७४ (क)माल्टा–घुसेल  : रु ६१,८३,६४७।१९

(ख)टिकाभैरव–तीनपाने: रु ४,२०,१७०।

(क) ५.९ कि.मि.(एच.टी)
(ख) ८ कि.मि.(एल.टी)
NEA DCS, Khani khola HP, SLREC
जनसहभागिता १०/९० कार्यक्रम (CREDS) ०७ ५/०७६ ११,१७,६१,५६९।६४ (क) ११.४३ कि.मि.(एच.टी)
(ख) १०६.४६ कि.मि.(एल.टी)
(ग) ट्रान्सफरमर –१२ थान
NEA, CRED
१० जनसहभागिता १०/९० कार्यक्रम (CREDS) ०७ ७/०७८ (क) ट्रान्सफरमर –१ थान NEA, CRED चालु कार्यक्रम