अध्यक्षको सन्देश

विकासको इतिहास मानव सभ्यताको इतिहास जत्तिकै पुरानो र क्रमिक छ । विकास निरन्तर चलिरहने प्रक्रिया हो । यसका आफ्नै गति, सीमा र स्वरुपहरु हुन्छन् । विकास मानवीय आवश्यकता र चाहना अनुसार अगाडि बढ्ने पद्धति हो तरपनि सबै ठाउँमा एकै गति एकै साथ मानविय चाहनालाई परिपूर्ति गर्न सकेको छैन । कारण हामी विकासको जिम्मा राज्यलाई सुम्पिनु र उसलाई भर पर्नु पनि हो । त्यसैले समाज विकासमा समुदायको सहभागीता र अग्रसरताको अत्ति आवश्यकता पर्दछ ।
ललितपुर जिल्लाको दक्षिण भेगका गाउँवस्तीहरु राजधानीको नजिक भएपनि बाटो विजुली जस्तै अत्ति आवश्यक भौतिक पूर्वाधारविहिन रहनु परेको थियो । राजधानीको जोडिएको जिल्ला त्यसमा पनि नेपालको पहिलो फर्पिङ जलविद्युत आयोजनाको नजिकको वस्ती भएर पनि केन्दीय प्रसारण लाइनको अभावमा वत्तीमुनिको अँध्यारोमा रहेको अवस्थामा २०५४ साल आश्विन ७ गते दक्षिण ललितपुरका गाउँवस्तीहरुमा केन्द्रीय प्रशारण लाइन पुर्‍याउने अठोटका साथ दक्षिण ललितपुर विद्युतीकरण अभियान समिति गठन भयो । यो अभियान समितिको पहलमा विद्युतीकरणको काम अगाडि बढायो ।समुदायको सहभागीतामा विद्युतीकरण कार्य प्रारम्भ गरी २०५७ श्रावण १७ गते यस सहकारी संस्था दर्ता भई नेपालको सहकारी संस्थाको रुपमा स्थापित भयो । विद्युत सेवा सञ्चालनका लागि २०६० सालमा सामुदायिक विद्युत विनियमावली २०६० जारी भयो । यसै विनियमावलीको आधारमा २०६० साल पौष २५ गते नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभागसँग यस संस्थाले सामुदायिक ग्रामीण विद्युतीकरण तथा ग्राहक सेवा सञ्चालन सम्बन्धित सम्झौता गरी २०६१ भाद्र २ गतेबाट दक्षिण ललितपुरमा सहकारीमार्पmत विद्युत सेवा प्रारम्भ गरियो ।
दक्षिण ललितपुरको गाउँवस्तीहरुमा विद्युतको पहुँच पु¥याउन विद्युत लाइन निर्माणका लाीग समुदायको तर्फबाट जुटाउनुपर्ने सहभागीता रकम जुटाउन तत्कालीन जि.वि.स., गा.वि.स.को सहयोग रह्यो । सामुदायिक ग्रामीण विद्युतीकरणमा स्थानिय तहको गाउँपालिका एवं वडाहरुको निरन्तर सहयोग रहिरहेको छ ।
सहकारी संस्थाले यस क्षेत्रमा विद्युतको पहुँच विस्तारसँग समुदायको सामाजिक आर्थिक विकासमा सक्रिय सहभागीता जनाउँदै आएको छ । विद्युतलाई घरनजिक पुगेर पनि मिटर जडान गर्न आर्थिक अभावले अँध्यारोमा बस्नुपरेका उपभोक्तालाई मिटर जडानका लागि सहुलियत व्याजदरमा किस्तावन्दीमा मिटर जडानको व्यवस्था गरिएको छ भने विद्युत पुगेर मिटर जडान भएका उपभोक्तालाई उद्यम व्यवसाय सञ्चालन गर्न चाहने उपभोक्तालाई उद्यम व्यवसाय कर्जा समेत उपलब्ध गराइएको छ ।
संस्थाले समुदायको सामाजिक आर्थिक विकासका लागि महिला उद्यमशिलता विकासमा जोड दिएको छ । नविकरणीय ऊर्जाको प्रवद्र्धन, महिला उद्यमशिलताको लागि शिपमूलक तालिम, उद्यम व्यवसाय सञ्चालन, ऋणका लागि सदस्यहरुमा ऊर्जा वचत कार्यक्रम सञ्चालन गरिएको छ । सबै उपभोक्ता शेयर सदस्य, सबै शेयर सदस्य ऊर्जा वचत कार्यक्रममका सहभागी हुनुपर्ने छ ।
यस सहकारीको पहल र अगुवाइमा शुरु भएको दक्षिण ललितपुरको विद्युतीकरण कार्य गाउँकौ सबै वस्तीहरुमा लाईन विस्तार भएको छ ।
यस वस्तीका ७,००० भन्दा बढी उपभोक्ता विद्युत सेवा लिएका छन् । यो क्षेत्र भौगोलिक विकटता, छरिएको वस्ती भएकाले सेवालाई छिटो छरितो बनाउन कठिन छ । संस्थाले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवालाई गुणस्तर बनाउन प्रयत्नरत रहेको छ । संस्थाले आफ्नो कारोवारलाई डिजिलाइज्ड गर्दै प्रविधीमैत्री बनाउन शुरु गरेको छ । मिटर रिडिङ विलिङका लागि मोवाइल एप्स र रकम भुक्तानीका लागि अनलाइन पेमेन्ट (Esewa Khalti) को व्यवस्था गरिएको छ ।
संस्थाको दक्षिण ललितपुर ग्रामीण विद्युत एप्सबाट ग्राहक आपैंmलाई आफ्नो घरको रिडिङ अंक राखी रिडिङ समेत गर्न सकिने साथै उपभोक्ताको विद्युत सम्बन्धित आफ्नो विवरण हेर्न र सुझाव समेत पठाउन सकिने छ । यसरी संस्थाको गतिविधीलाई डिजिलाइज्ड गरी वेबसाइटमार्पmत प्रस्तुत गरी संस्थाको पारदर्शितालाई जोड दिएको छ ।
अन्तमा, यो दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाको विकास उन्नतिका लागि पर्नुहुने अभियान समितिदेखि पूर्व सञ्चालक, शेयर सदस्य, कर्मचारी, राजनीतिक कर्मी, सामाजिक अभियन्ता, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्थाहरुप्रति आभार प्रकट गर्दै यहाँहरुको निरन्तर सहयोगको अपेक्षा राख्दछु ।

जय सहकारी !
जय सामुदायिक विद्युत !!

 

गोविन्द प्रसाद बजगाई
अध्यक्ष