जनचेतना र नवीकरणीय ऊर्जा प्रर्वद्धन

जनचेतना र नवीकरणीय ऊर्जाको प्रवद्र्धन
विद्युतीकरणको अभियान सञ्चालनसँगै दक्षिण ललितपुरको ग्रामीण बस्तीमा विद्युत्को पहुँच बिस्तार गरिएको हो । यस अभियानबाट समुदायको सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन शिक्षा, स्वास्थ्य र वातावरणमा सकारात्मक परिवर्तन ल्याउने सोच रहेको छ । अभियानका सुुरुका दिनमा दक्षिण ललितपुरका जनताहरूले प्रयोग गर्ने आयोडिनरहित नुन (ढिके नुन) लाई प्रतिस्थापन गरी गाउँ गाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै संस्थाले चापागाउँमा आयोनुन (प्याकेट नुन) बिक्री पसल समेत सञ्चालन गरेको थियो । यस संस्थाले दक्षिण ललितपुरमा पहिलो पटक आयोडिन नुन प्रयोगमा बानी बसाल्ने काममा महवपूर्ण योगदान पुर्‍यायो । यस कार्यमा संस्थासँग तत्कालीन गा.वि.स. महासङ्घ, जि.वि.स. ललितपुर र युनिसेफ नेपालसँगको सहयोग र सहकार्य रहेको थियो । क्यानाडियन अन्तर्राष्ट्रिय संस्था द माइक्रो न्युट्रियन्ट इनिसिटिभको सहयोगमा इम्याइजिनललितपुरको व्यवस्थापनमा स्थानीय पानी घट्टमा पिठो पिस्दा भिटामिन तथा खनिज तत्व (Pre-mix) मिसाउने कार्य गरी मार्फत  तत्व भिटामिन र खनिज तत्व उपलब्ध गराउने कार्य नेपालमै पहिलो पटक ललितपुरको ग्रामीण बस्तीहरूमा पुर्‍याउने कार्यको सफल प्रयोग गर्ने कार्यमा सहभागिता र सहकार्य रहेको थियो ।

जनस्वास्थ्य र वातावरण संरक्षणको सम्बन्धमा ग्रामीण भेगमा परम्परागत चुलोको प्रयोगले वृद्धवृद्धा, महिला एवम् बालबालिकाहरूमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न सुधारिएको चुलो, बायोग्याँस जस्ता नवीकरणीय ऊर्जाको प्रयोग गर्न गराउन, समुदायमा जनचेतनामुलक कार्यक्रम, भेला, चुलोको नमुना प्रदर्शन, सडक नाटक, विद्यालयमा चित्रकला, निबन्ध लेखन, वक्तृत्वकला जस्ता कार्यक्रम मार्फत जनचेतना जगाउने कार्यहरू गर्दै आएको छ । संस्थाले सुधारिएको चुलोको प्रयोग र प्रवद्र्धनका लागि ग्रामीण प्रविधि केन्द्र, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, तत्कालीन जिल्ला विकास समिति, ललितपुरसँग सहकार्यमा कार्यक्रम सञ्चालन गर्‍यो । विद्यालय क्षेत्रमा नवीकरणीय ऊर्जाको विषयलाई सामाजिक अध्ययनअन्तर्गत २० % स्थानीय पाठ्यक्रम मार्फत विद्यालय शिक्षामा प्रवेश गराउँदै कक्षा १ देखि ५ सम्म नवीकरणीय ऊर्जामा आधारित पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारी महाङ्काल गाउँपालिकाका विद्यालयहरूमा पठनपाठन समेत सुरु गरिएको छ । यस कार्यका लागि अन्य गाउँपालिकाहरूसँग पनि समन्वय र सहकार्य सुरु भएको छ । यस कार्यमा ग्रामीण प्रविधि केन्द्र नेपाल तथा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालसँग सहकार्य हुँदै आएको छ । यसका अतिरिक्त गाउँमा एल्.पी. ग्याँसको विस्थापनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र गाउँपालिकाको साझेदारीमा इन्डक्सन चुलो प्रवद्र्धनको कार्य समेत भइरहेको छ । संस्थाले नवीकरणीय ऊर्जा प्रवद्र्धनको कार्यलाई प्राथमिकतामा राखेको छ ।