उद्यमी विकास र लघु कर्जा
व्यवसाय विकास र कर्जा
ग्रामीण भेगका बस्ती बस्तीमा विद्युत् लाइन पुर्याउँदैमा तत्काल विद्युतु उपभोग गर्न सबै उपभोक्ताको आर्थिक अवस्था सबल हुँदो रहेनछ । संस्थाले वितरण लाइन बिस्तारसँगै मिटर जडानमा तत्काल आर्थिक स्रोत जुटाउन नसक्ने घर परिवारलाई किस्ताबन्दी सरल कर्जाको माध्यमबाट गरिब परिवारको घरमा विद्युत्को पहूँच विस्तार गर्ने गरेको छ । विद्युत्सेवा पुगेर पनि साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न नसकेका परिवारलाई कर्जाको व्यवस्था गर्न सके विद्युत्लाई स्वरोजगारको माध्यम बनाई उद्यमशिल बनाउन सकिने रहेछ । त्यसैले संस्थाले आफ्नो कोषमा रहेको रकमबाट उपभोक्ताको मागअनुसार कर्जा प्रवाह गर्न कठिन हुने हुँदा यस अभियानमा सबै उपभोक्ता तथा सेयर सदस्यहरूलाई मासिक बचत गराउने र यसलाई संस्थाले ऊर्जा बचत भनेर ऊर्जा बचत अभियान सञ्चालन गरी सबै सेयर सदस्य उपभोक्ताहरूले बचत गर्ने व्यवस्था मिलाएका छौँ । यो विद्युत् सहकारी भएकाले विद्युत्मा आधारित उद्यम व्यवसायलाई प्राथमिकता दिने र व्यवसायमा विद्युत्को प्रयोग गरी प्रविधिमैत्री व्यवसायी बन्न प्रोत्साहित गर्दछ । संस्थाले आफ्नो श्रोतको आधारमा व्यावसायिक कर्जा उपलब्ध गराउने कार्य समेत गरेको छ ।